नेपाल प्रहरीको कार्य प्रति उद्योग वाणिज्य संघको आपत्ति, आन्दोलन गर्ने चेतावनी

समाचार

12/24/2018

रौतहट, ९ पुस । नेपाल प्रहरीको कार्यप्रति रौतहट उद्योग वाणिज्य संघले आपत्ति जनाएको छ ।

महासचिव रविन्द्रनाथ गोपालीले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी व्यापारीहरुलाई नेपाल प्रहरीका जवानहरुले अनावश्यक रुपमा हैरान गर्ने गरेको आरोप लगाएका छन् ।

नेपाल भित्रबाट सामान खरीद गरी लगिदै गरेको अवस्थामा पनि नियन्त्रणमा लिने गरेको कार्यप्रति संघ घोर आपत्ति जनाएको हो ।

गौरस्थित पुष्पा ट्रेडर्सबाट खरीद गरी ईशनाथ–४ मा रहेको नवल स्टोर्सका लागि पठाइएको सामान प्रहरी चौकीका चेकजाँचको क्रममा बलजवरदस्ती नियन्त्रणमा लिएको कार्यप्रति वाणिज्य संघको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले व्यापार गर्ने प्राकृतिक न्यायको अधिकार कुंठित गरेको वाणिज्य संघको ठम्याइ रहेको छ ।

भ्याट पान नंबर हुँदाहुँदै पनि प्रहरीले ज्यादती गरिरहेको हुदा सो कार्य बन्द गरी सहज रुपमा व्यापार गर्ने वातावरण बनाइएन भने यसको विरुद्ध कडा आन्दोलन गर्ने समेत संघले चेतावनी दिएको छ ।

शंकाको भरमा व्यापारीहरुको सामान चेकजाँच गरी अनुसन्धानको बहानामा भन्सार चलान गर्ने कार्य प्रहरीको नियतमा खोट रहेको प्रमाणित भैरहेको विज्ञप्तिमा भनिएको छ, ‘व्यापारीका लागि सहज वातावरण बनाइदिनु पर्यो ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ