नेपाल प्रहरीमा प्राविधिक समूहमा पदपूर्ति गर्न दरखास्त आह्वान

समाचार

2/25/2019

काठमाडौं, १३ फागुन । नेपाल प्रहरीमा प्राविधिक समूहअन्तर्गत विभिन्न उप–समूहतर्फ रिक्त प्राविधिकतर्फका पदहरुमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको छ ।

दरखास्त आह्वान गरिएका पदहरुमा प्राविधिक प्रहरी नायव उपरीक्षक, प्राविधिक प्रहरी निरीक्षक, प्राविधिक प्रहरी नायव निरीक्षक, प्राविधिक प्रहरी सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान रहेका छन् ।

दरखास्त आह्वान सम्बन्धी विस्तृत विवरण सोमबारको राष्ट्रिय दैनिक गोरखापत्रमा प्रकाशित गर्नुको साथै नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ