नेपाल पुलिस स्कुलको निरीक्षण

समाचार

5/27/2019

चितवन, १२ जेठ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ३ नम्बर प्रदेश अन्तर्गत चितवन शान्तिपुरस्थित नेपाल पुलिस स्कुलको निरीक्षण भ्रमण आइतबार गरेका छन् ।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले स्थानीय निकायसँग समन्वय र सहकार्य गरी जग्गा सहित पुरानो स्कुल नेपाल प्रहरीले संचालन गर्ने निर्णय गरेको बताउँदै स्कुलको थप विकास तथा भौतिक संरचना निर्माणको लागि प्रहरी प्रधान कार्यलयकोतर्फबाट आवश्यक सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताए ।

साथै गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य अनुरुप स्कुल स्थापना गरिएको चर्चा गर्दै स्कुलले छोटो समयमा नै उल्लेख प्रगति गर्दै अगाडि बढिरहेको समेत प्रहरी महानिरीक्षक खनालले बताए ।

कार्यक्रममा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दहालले नेपाल पुलिस स्कुल संचालन तथा भौतिक संरचना निर्माणको लागि महानगरपालिकाको तर्फबाट सदैव साथ, सहयोग र समर्थन रहने बताइन् ।

स्कुलको स्थापना तथा संचालनबारे समादेशक प्रहरी निरीक्षक धर्म बहादुर अधिकारीले प्रस्तुतीकरण गरेको कार्यक्रममा स्कुलका प्राचार्य सुन्दर बुढाथोकीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ