सर्लाही, २६ कार्तिक । श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठको अवसरमा महिलाहरुलाई साडी वितरण गरिएको छ ।
स्थानीय तहको निर्वाचनमा कविलासी नगरपालिकाको उपमेयर उम्मेद्वार रहेकी रेणु ठाकुरले नेपाल फाउण्डेशनको सहयोगमा स्थानीय महिलाहरुलाई साडी वितरण गरेकी हुन् ।
उनी नेकपा माओवादी केन्द्रबाट उपमेयरको उम्मेदवार बनेकी थिइन् । निर्वाचनपश्चात् ठाकुर नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।
उनले छठ पर्वको अवसरमा कविलासी नगरपालिका–७ का महिलालाई साडी वितरण गरेकी हुन् ।
साडी वितरण गर्दै उनले समाजका पर्व र संस्कृतिले एकता, भ्रातृत्व र मेलमिलापमा थप सहयोग पुग्ने धारणासमेत राखिन् ।
तपाईको प्रतिक्रिया