नेपाली बुलेटबाट ग्यास आयात गर्न भारत सकारात्मक

समाचार

1/23/2020

काठमाडौं, ९ माघ । नेपाली उद्योगीले खरिद गरेको ग्यास बुलेटबाट ग्यास आयात गर्न दिने विषयमा भारत सकारात्मक देखिएको छ ।


अड्किएको प्रक्रिया अघि बढाएर समस्या समाधान गर्न भारतीय पक्षले दिल्लीस्थित नेपाली दूतावासलाई आग्रह गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । हालै नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारत पेट्रोलियम जोइन्ट वर्किङ समूहको पहिलो बैठकमा नेपाली ग्यास बुलेट रोकिएको विषय नेपाली पक्षले प्राथमिकतासाथ उठाएको थियो ।
भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले उद्योग तथा आन्तरिक व्यापार विभाग र पेट्रोलियम सुरक्षा विभागसँग समन्वय गरेर समस्या समाधान गर्न दूतावासलाई आग्रह गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव ध्रुव घिमिरेले बताए ।


हाल ५ सय २३ वटा भारतीय ट्रान्सपोर्टरका बुलेट भाडामा लिई नेपाली व्यवसायीले भारतका चार वटा रिफइनरीबाट नेपालमा ग्यास ढुवानी गरिरहेका छन् । भारतीय बुलेटबाट ग्यास ढुवानी गर्दा वार्षिक २ अर्बभन्दा धेरै रकम ढुवानीमा मुलुकबाट बाहिरिने गरेको व्यवसायीहरूको दाबी छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ