काठमाडौं, २७ जेठ । भारतीयमूलका योगगुरु बाबा स्वामीलाई नेपाल भ्रमण वर्षको सद्भावना दूतमा नियुक्त गरिएको छ ।
तेस्रो हिमालय मार्ट उद्घाटन समारोहमा प्रधानमन्त्री केपी ओलीले बाबा स्वामीलाई दूतमा नियुक्त गरिएको प्रमाणपत्र प्रदान गरेका थिए ।
४० वर्षअघि मध्य नेपालको कुनै हिमाली भेगमा लामो समय योग साधना गरेर हाल विश्वका २३ वटा मुलुकमा समर्पण मेडिटेशन विधिबाट योगा सिकाउँदै आएका बाबा स्वामी भम्रण वर्ष २०२० का लागि नियुक्त गरिएका छैटौं दूत हुन् ।
उनीअघि भम्रण वर्ष सचिवालयका संयोजक सुरज वैद्यले विश्वविख्यात बडीबिल्डर रोली वीनक्लर, हङकङका सेफ ह्यान्ज एग्ली, जापानी लेखिका मारीको हायासी, क्याराभान फिल्मका निर्माता फ्रान्सेली नागरिक एरिक भ्याली र स्वीडेनका वातावरण अध्येता योहान अन्सट नेल्सनलाई दूतमा नियुक्त गरिएको थियो ।
तपाईको प्रतिक्रिया