नेपाली यात्रुको अब भारतीय अध्यागमनमा स्वास्थ्य जाँच

समाचार

2/23/2020

काठमाडौं, ११ फागुन । चीनको वुहानमा फैलिएको नोभेल कोरोना भाइरसको महामारी रोक्न भारतले विमानस्थलमा अवतरण गर्ने नेपालसहित १० देशबाट जाने यात्रुलाई स्वास्थ्य जाँचपछि मात्रै प्रवेश दिने भएको छ ।

भारतीय सुरक्षा निकायसहित सरोकारवालाको उच्चस्तरीय बैठकले यस्तो निर्णय गरेको हो । निर्णय सोमबारदेखि लागू हुनेछ ।

‘परिस्थितिको विस्तृत पुनरावलोकनपछि र विगतमा सम्बन्धित निकायले दिएको सल्लाहपछि काठमाडौं, इन्डोनेसिया, भियतनाम र मलेसियाबाट उडान भर्नेहरूको स्वास्थ्य जाँचको तयारी गरिँदै छ,’ भारतको प्रेस इन्फर्मेसन व्युरोद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यद्यपि, यो निर्णयबारे नेपाल सरकारलाई जानकारी दिइएको छैन ।

भारतको डब्लुआइओएन न्युजका कूटनीतिक मामिला हेर्ने पत्रकार सिद्धान्त सिब्बलका अनुसार यसअघि चीन, हङकङ, सिंगापुर, थाइल्यान्ड, जापान र दक्षिण कोरियाबाट भारतमा उडान भर्नेहरूको हकमा मात्रै लागू भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ