नेपाल र चीनबीच तीन समझदारीमा हस्ताक्षर

समाचार

9/10/2019

काठमाडौं, २४ भाद्र । नेपाल र चीनबीच तीन समझदारी पत्रमा हस्ताक्षर भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको उपस्थितिमा सोमबार सम्झौता अदानप्रदान भएको हो ।

जसमा हिमाल पारीको जिल्ला मनाङमा ३५ करोड ६० लाख रुपैयाँको लागतमा निर्माण हुने अस्पताल रहेको छ ।

त्यसैगरी गृह मन्त्रालयलाई आपत्तिकालिन सेवाका लागि ५ हजार टेन्ट उपलब्ध गराउने विषयमा पनि सहमति भएको छ ।

सोको लागत एक करोड ७० लाख रुपैयाँ रहेको छ । चीनका स्टेट काउन्सिलर वाङ यीले बाढी पीडितका लागि १ करोड ६० लाख रुपैयाँको सहयोगको पनि घोषणा गरेका छन् ।

यी सहयोगहरु बैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणको क्रममा चीनले घोषणा गरेको १७ अर्ब रुपैयाको सहयोग अन्तर्गतका हुन् । दुवै देशका परराष्ट्रमन्त्रीबीच होटल याक एन्ड यतिमा द्वीपक्षीय वार्ता भएको हो ।

दुवै देशबीच स्वयंसेवी चिनियाँ भाषा शिक्षकहरुले नेपाली विद्यालयमा चिनियाँ भाषा अध्यापन गराउने विषयमा समेत छलफल भएको छ ।

२०७१ मा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा नेपाल र चीनबीच भाषा शिक्षकको विषयमा सहमति भएको थियो । जसलाई गत वर्ष दोस्रो पटक प्रधानमन्त्री भएपछि भएको चीन भ्रमणको क्रममा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ