नेपाल र भारतका कविले सुनाए कविता

समाचार

4/26/2019

नेपाल, १३ बैशाख । भारतका दुई दर्जनबढी कविहरुले झापाको दमकमा आआफ्ना कविता सुनाएका छन् । नेपाली साहित्यको विगत र वर्तमान अवस्थाको चिन्ता र चासोका कवितामार्फत् कविहरुले आफैलाई थप पुरस्कृत हुनुपर्ने आवाज उठाए ।

कविता वाचन कार्यक्रममा भारतबाट आएका कविहरु मुख्य अतिथि थिए । कार्यक्रम प्रतिभा निकेतन र विद्याशिल्पा एकेडेमी दमकको साहित्य विभागले संयुक्त रुपमा आयोजना गरेको थियो । कार्यक्रममा भारत सिलिगुडीबाट कवि मुक्ति उपाध्याय बराल र सिक्किमबाट कवि अमर बानियाँ ’लोहोरो’ आएका थिए ।

.डा.गोविन्द भट्टराईको संयोजनमा भएको कार्यक्रममा भारतीय कविद्वय उपाध्याय र बानियाँको कृतिमाथि विमर्श पनि गरिएको थियो ।

कवि उपाध्याय र बानियाँले भारतमा बसेपनि नेपाली भाषा, साहित्यका लागि गरिएका प्रयासहरुबारे जानकारी पस्किए । उनीहरुले आआफ्ना उत्कृष्ट रचनाहरु समेत प्रस्तुत गरे ।

उनीहरुले नेपाल–भारत सीमानालाई छिचोलेर दुवै देशका कविहरु सँगै भेला भएर आपसमा रचना सुन्ने र सुनाउन पाउँदा खुसी लागेको अनुभूति सुनाए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ