नेपाल र भारतका सम्बन्ध बारे दिल्लीमा छलफल

समाचार

1/29/2019

काठमाडौं, १५ माघ । नेपाल र भारत सम्बन्धका जनस्तरीय आयामहरूबारे दिल्लीमा छलफल भएको छ । नेपाली जनसम्पर्क समिति भारतको आयोजनामा छलफल भएको हो । छलफलका लागि जनसम्पर्क समितिले नेपालबाट १२ जना पूर्वमन्त्रीलाई आमन्त्रण गरेको छ ।
छलफलमा नेपाली प्रतिनिधि मण्डलका अलावा नेपाली दूतावास भारतका कार्यवाहक राजदूत भरतकुमार रेग्मी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डे, नेकपाका केन्द्रीय सदस्य लक्ष्मण पन्त, भारतीय जनता पार्टीका युवा नेता विजय जोली, प्रवासी नेपाली संघकी केन्द्रीय उपाध्यक्ष सीता अधिकारी लगायतको उपस्थितिमा थियो ।
नेपाली दूतावासका कार्यवाहक राजदूत भरतकुमार रेग्मीले सच्चा नेपाली राजदूत प्रवासी नेपाली भएको बताए । उनले भने, ’नेपाल सरकार प्रवासी नेपालीसँग मिलेर काम गर्न तयार छ ।’
यस्तै नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले विगतमा नेपाली नेताहरूले देशमा अप्ठारो परी भारत आउँदा प्रवासी नेपालीहरूले नेतालाई सहगोग गर्ने गरेको तर नेपाली नेताहरूले कहिले पनि प्रवासी नेपालीका समस्या नेपालको संसद्मा जोडतोडका साथ नउठाएको गुनासो गरे ।
त्यसैगरी भारतीय जनता पार्टीका युवा नेता विजय जोलीले नेपाल–भारत सम्बध कसैले हटाएर नहट्ने बताए । नेपालप्रति अटूट विश्वस र माया रहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ