बाँके, १९ माघ । नेपाल–भारतको सीमा क्षेत्रमा रहेका सीमा स्तम्भबारे दुवै देशका सुरक्षा अधिकारीहरुबीच छलफल भएको छ ।
बाँकेसँग सीमा जोडिएको भारतको बहराइच नानपारास्थित एसएसबीको ५९ औँ बटालियन मुख्यालयमा सम्पन्न दुई देशका सुरक्षा अधिकारीको बैठकमा क्षतिग्रस्त भएका तथा हराएका सीमा स्तम्भको निर्माणका विषयमा व्यापक छलफल भएको हो ।
सीमा क्षेत्रमा भइरहेको सर्भेको काम सम्पन्न भएपछि त्यसकै आधारमा सीमा स्तम्भको मर्मत गरिने विषयमा छलफल भएको हो ।
बैठकमा नो मेन्स ल्यान्ड (दसगजा) को सर्वेक्षणका विषयमा समेत महत्वपूर्ण छलफल भएको हो । बैठकमा सर्वेक्षणका बारेमा जानकारी दिँदै भारतको बहराइचका डीएम शम्भुकुमारले नेपाली पक्षबाट समेत प्रभावकारी सहयोग हुनेमा आशा राखिएको बताए ।
तपाईको प्रतिक्रिया