काठमाडौं, १३ फागुन । नेपाल र भारतको मित्रता पर्यटन र नारीको सम्मान स्वरुप नेपाल पर्यटन बोर्डको सहकार्यमा पालेटीज होलिडेज र एनआइसी एसिया बैंकले छ महिलालाई सम्मान गर्ने भएका छन् ।
पर्यटन क्षेत्रका संलग्न ६ महिलालाई टुरिज्म इन्टरप्रेन्अर्स इन्टरनेसनल ओमेन अवार्ड २०१९ स् भ्वाइसेज एन्ड भिजन्सको आयोजना गरेर सम्मान गर्न लागिएको हो ।
सम्मानमा ३ नेपाली पर्यटन विधाका उद्यमी महिला र ३ भारतीय पर्यटन उद्यमी महिला छनौट गरिनेछ । कार्यक्रममा सम्मानित व्यत्तित्वहरुको कथा पनि सुनिने छ ।
भ्वाइसेज एन्ड भिजन्स नेपालको इतिहासमा पहिलो पटक हुन लागेको पर्यटन कार्यक्रम रहेको दाबी अयोजकको छ । नेपाल सरकारले लिएको भ्रमण वर्ष २०२० लाई समेत सघाउने अनुमान गरिएको छ ।
तपाईको प्रतिक्रिया