नेपाल स्काउटको आधारभूत तालिम

समाचार

4/19/2019

विराटनगर, ५ बैशाख । विराटनगरमा प्रदेश १ स्तरीय नेपाल स्काउटको छदिने आधारभूत तालिम बुधबारदेखि सुरू भएको छ ।

सो तालिमको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका छन् । मुख्यमन्त्री राईले नेपाल स्काउटसँग औपचारीक रूपमा सहकार्य सुरू भएको घोषणा समेत गरेका छन् ।

नेपाल स्काउटलाई स्थानीय तह र वडासम्म विस्तार गर्ने उद्देश्यले १४ जिल्लाकै प्रतिनिधिका लागि तालिम आयोजना गरिएको हो । तालिममा ३२७ पुरूष र १९५ जना महिला स्काउटको सहभागीता छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ