नेपाली सेनाद्वारा बृहत वृक्षरोपण कार्यक्रम सम्पन्न

समाचार

10/22/2019

झापा, ४ कार्तिक । नेपाली सेनाको पहलता, स्थानीय निकायहरुको संलग्नता तथा स्थानीय बासिन्दाहरुको सहकार्यमा नं.१ प्रदेश अन्तर्गत झापा जिल्लाको तोपगाछी व्यारेक ईलाका, कोशिटप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्र र धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकामा आयोजना गरिएको बृहत वृक्षारोपण कार्यक्रममा नं.१ प्रदेशका माननीय वनमन्त्री जगदिश कुसियत, नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र रक्षा सचिव रेश्मीराज पाण्डेले वृक्षारोपण गरेका छन् ।

वृक्षारोपण कार्यक्रम अन्तर्गत मिति आइतबार प्रधानसेनापति पूर्णचन्द्र थापा तथा रक्षा सचिव रेश्मीराज पाण्डेको उपस्थितीमा झापा जिल्लामा तैनाथ नेपाली सेनाको नं.२१ बाहिनी अड्डा, तोपगाछी व्यारेक परिसरमा विभिन्न जातका ७०५० विरुवाहरु वृक्षारोपण गरिएका थिए ।

सोही मितिमा नं.१ प्रदेशका वनमन्त्री जगदिश कुसियत, प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा, रक्षा सचिव रेश्मीराज पाण्डे, पूर्वी पृतनापति उपरथी अनन्त कार्की लगायत स्थानीय निकायका पदाधिकारीहरु, स्थानीय बासिन्दाहरु तथा नेपाली सेनाका सकलदर्जा गरि करिब ५०० जनाको उपस्थितीमा कोशिटप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती तथा श्रीलंका टप्पु क्षेत्रमा संचालन भएको वृक्षारोपण कार्यक्रममा विभिन्न जातका फलफुल तथा अन्य विरुवाहरु गरी करिब १३,७५० विरुवा रोपिएको थियो ।

मध्यवर्ती इलाकास्थित १३ विगाह मध्ये ११ विगाह क्षेत्रमा विभिन्न ७ प्रजातिका फलफुल र २ विगाह क्षेत्रमा अन्य आयमूलक जातका आंप, कटहर, अम्वा, कागती, बेल, गुलमोहर लगायतका विरुवाहरु वृक्षारोपण गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ