काडमाडौं, १३ माघ । भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनहरुको सहभागितामा सुर्खेत जिल्लामा सञ्चालन गरिएको नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन–२०७६ एक विशेष समारोहकाबीच प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले नेपालको संविधानले सुम्पिएका विशिष्ट जिम्मेवारीहरु अडिग र अविचलित रहँदै पुर्खाहरुको रगत, पसिना र बलिदानद्वारा रचित नेपाली सेनाको गौरवमय इतिहासलाई जिवन्त राख्ना सेवारत र सेवानिवृत्त सैनिक व्यक्तिहरु सदैव समर्पित रहेको र रहनु पर्दछ भनि धारणा राखेका छन् ।
उनले अवकास प्राप्त सैनिक व्यक्तिहरुले विगतमा पुयाएको सेवा र समर्पणको यथोचित सम्मान गर्दै सामाजिक आर्थिक स्तर उकास्दै लैजानेतर्फ नेपाली सेनाले ध्यान केन्द्रित गरेको बताए ।
सम्बोधनकै क्रममा उनले नेपाली सेनाको संस्थागत मुल्य मान्यताहरुलाई जीवन्त राख्नक अग्रज अवकाश प्राप्त सैनिकहरुले पुर्यालएको महत्त्वपूर्ण योगदानको प्रशंसा गर्दै अवकाश प्राप्त सैनिकहरुको आर्थिक समुन्नपति, प्रगति र सुखमय जीवनको व्यवस्थापन हुनु भनेकै नेपाली सेनाको आधार स्तम्भ बलियो हुने विश्वास व्यक्त गरेका छन् ।
साथै नेपाली सेनामा आफ्ना सन्ततीहरुलाई प्रवेश गराउन अभिप्रेरित गर्न आग्रह गर्दै सबैलाई चट्टानझैं दृढ, माहुरी झैं गोलबद्ध र एकिकृत रहन प्रेरणा मिलोस भन्ने् सदिक्षा व्यक्त समेत गरेका थिए ।
“शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार(आत्म सम्मान तथा समृद्धिको आधार“ भन्ने मूल नाराका साथ शुरु भएको उक्त सम्मेलनमा हुम्ला, जुम्ला, डोल्पा, मुगु, दैलेख, सुर्खेत र जाजरकोट जिल्लामा बसोबास गर्ने नेपाली सेनाका ज्ञद्धछण् जना भूतपूर्व सैनिक तथा परिवारजनहरुको सहभागीता रहेको थियो ।
सम्मेलनकै क्रममा विभिन्न युनिटहरुले स्थान विशेषको झाँकी, खुकुरी नृत्य, तेक्वान्दो तथा मास पि.टी. प्रदर्शन गरेका थिए भने भूतपूर्व सैनिकहरु तथा महिलाहरुले प्ले कार्डसहित मार्चपास प्रदर्शन गरेका थिए । कार्यक्रम पश्चात प्रधानसेनापति महारथी थापाले सम्मेलनमा सहभागीहरुसँग भेटघाट गर्नुका साथै जिल्ला, प्रदेश तथा एकल महिलाको प्रतिनिधित्व हुने गरी सम्मलेनका सहभागीहरुसँग सामुहिक छलफल तथा अन्तरक्रिया समेत गरेका थिए ।
सम्मेलनको दौरान नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल ईन्भेष्टमेण्ट बैंकको सहकार्यमा सञ्चालित लघुवित्त कार्यक्रमका ऋणीहरुलाई चेक हस्तान्तरण तथा सर्वोत्कृष्ट व्यवसायीहरुलाई प्रशंसापत्र एवम् पुरस्कार वितरण भएको थियो भने फरक क्षमता भएका भूतपूर्व सैनिक तथा परिवारहरुलाई व्हिल चियर वितरण तथा उल्लेखित सात जिल्ला भित्रका ज्येष्ठ भूतपूर्व सैनिक र निवृत्तभरणमा रहेका भूतपूर्व सैनिकको परिवार मध्येको ज्येष्ठ महिलालाई अभिनन्दन समेत गरिएको थियो ।
सम्मेलनमा नेपाली सेनाका रथीवृन्दहरु, कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, रक्षा मन्त्रालयका प्रतिनिधि, जिल्लास्थित विभिन्न कार्यालयका प्रमुखहरु, बहालवाला एवम् अवकास प्राप्त सैनिक तथा परिवारहरु र पत्रकारको उल्लेख्य उपस्थिति रहेको थियो ।
यस प्रकारका सम्मेलनमार्फत नेपाली सेनाका बहालवाला तथा अवकास सैनिक तथा परिवारका सदस्यहरु बीच आपसी सद्भालव र भाईचारा बढ्ने तथा आगामी दिनहरुमा संचालन हुने कल्याणकारी कार्यक्रमहरूबाट सामाजिक तथा आर्थिक स्तर वृद्धि हुँदै जाने विश्वास नेपाली सेनाले लिएको छ ।
तपाईको प्रतिक्रिया