नेपाली सेना “सुदूरपश्चिम प्रदेश भूतपूर्व सैनिक सम्मेलन” सम्पन्न

समाचार

2/6/2020

कैलाली, २४ माघ । भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनहरुको सहभागितामा तेघरी व्यारेक, कैलालीमा सञ्चालन गरिएको नेपाली सेना “सुदूरपििश्चम प्रदेश भूतपूर्व सैनिक सम्मेलन–२०७६“ को एक विशेष समारोहका बीच प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले कल्याणकारी कोषको दीगोपन, मितव्ययी र पारदर्शी प्रयोग, हिताधिकारीहरुको असीमित चाहना र आकांक्षाहरुको दीर्घकालीन सोचसहित समुचित व्यवस्थापन गर्नका लागि कल्याणकारी सोच २०३० तयार गरी चार “स” स्वास्थ्य, शिक्षा, सीप र स्वरोजगार तथा सुविधा र सहुलियतको अवधारणा अनुरुप कल्याणकारी कार्यक्रमहरु कार्यान्वयन गर्नेतर्फ नेपाली सेनाको ध्यान केन्द्रीत रहेको बताएका थिए ।

उनले नयाँ चिन्तनसहित विविध कल्याणकारी कार्यक्रमहरूका लागि नेपाल सरकारसँग समन्वय र स्वीकृती लिई अगाडि बढ्ने नीति पनि अवलम्बन गरिएको बताए ।

सम्बोधनकै क्रममा उनले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएर रहेका नेपाली सेनाका अवकाश प्राप्त सैनिक तथा परिवारजनहरू सफल र समृद्ध बनेर समाजमा थप अनुशासित, असल र अगुवा भएर सम्मानित नागरिकको रुपमा स्थापित भएको देख्नै चाहेको बताए ।

उनले सुदूरपश्चिम प्रदेशको आवश्यकता बमोजिम यसै वर्ष बझाङ्ग जिल्लामा सैनिक श्रीमती संघको पहलमा प्रसुती गृह स्थापनाका लागि पहल शुरु गरिएको जानकारी समेत गराए ।

यसैगरी नेपाली सेनाको कल्याणकारी कार्यमा थप टेवा पुर्याउन मार्गदर्शन गरी नीतिगत व्यवस्था मिलाउन सहयोग पुर्याउने उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललगायत रक्षा मन्त्रालयप्रति आभार समेत व्यक्त गरे ।

“शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार–आत्म सम्मान तथा समृद्धिको आधार“ भन्ने मूल नाराका साथ शुरु भएको उक्त सम्मेलनमा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ्ग, बैतडी र दार्चुला जिल्लामा बसोबास गर्ने नेपाली सेनाका २३२९ जना भूतपूर्व सैनिक तथा परिवारजनहरुको सहभागिता रहेको थियो ।

सम्मेलनकै क्रममा सुदूरपश्चिीम प्रदेशका सबै जिल्लाको संस्कृति झल्कने कलात्मक झाँकी, खुकुरी नृत्य, तेक्वान्दो तथा मास पि.टी. प्रदर्शन गरेका थिए भने भूतपूर्व सैनिकहरु तथा महिलाहरुले प्ले कार्डसहित मार्चपास प्रदर्शन गरेका थिए ।

कार्यक्रमपश्चात प्रधानसेनापति थापाले सम्मेलनमा सहभागीहरुसँग भेटघाट तथा अन्तरक्रिया समेत गरेका थिए ।

यसैगरी सम्मेलन पश्चाात सुदूर पश्चिनमका अवकाश प्राप्त सैनिक तथा परिवारहरुलाई लक्षित गरि नेपाली सेनाद्वारा मिति २०७६ माघ २४, २५ र २६ गते तेघरी व्यारेक, कैलालीमा स्वास्थ्य शिविर सञ्चानलन गर्ने कार्यक्रम समेत रहेको छ ।

सम्मेलनको दौरान नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल ईन्भेष्टमेण्ट बैंकको सहकार्यमा सञ्चालित लघुवित्त कार्यक्रमका ऋणीहरुलाई चेक हस्तान्तरण तथा सुदूर पश्चिभम प्रदेशका ज्येष्ठ भूतपूर्व सैनिक ९२ वर्षिय प्युठ कृष्ण बहादुर खत्री (अ.प्रा.) र जेष्ठ एकल महिला १०४ वर्षिया भद्रकाली कठायतलाई सम्मान गरिएको थियो ।

सम्मेलनकै क्रममा १५ जना फरक क्षमता भएका भू.पू. तथा बहालवाला व्यक्तिहरुलाई व्हिल चियर वितरण, ४ (चार) जना वा सो भन्दा बढि सन्ततीहरुलाई नेपाली सेनामा सेवा गर्न प्रेरित गरे वापत १२ (बाह्र) जना अभिभावकहरुलाई सम्मान, सर्वोकृष्ट व्यवसायीहरुलाई प्रशंसापत्र एवम् पुरस्कार वितरण गरिएको थियो ।

सम्मेलनमा सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव, नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्दहरु, प्रमुख जिल्ला अधिकारी तथा विभिन्न सुरक्षा निकायका प्रमुखहरु, नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडका कार्यकारी प्रमुख लगायत बहालवाला एवम् अवकास प्राप्त सैनिक तथा परिवारहरु र पत्रकारको उल्लेख्य उपस्थिति रहेको थियो ।

यस प्रकारका सम्मेलनमार्फत नेपाली सेनाका बहालवाला तथा अवकास सैनिक र परिवारका सदस्यहरु बीच आपसी सद्भालव र भाईचारा बढ्ने तथा आगामी दिनहरुमा संचालन हुने कल्याणकारी कार्यक्रमहरूबाट सामाजिक तथा आर्थिक स्तर वृद्धि हुँदै जाने र सम्मेलनबाट प्राप्त महत्वपूर्ण राय–सुझावहरुले आगामी दिनहरुमा संचालन हुने कल्याणकारी कार्यक्रमहरूलाई थप सेवामुखी र सहज बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ