जनकपुरधाम, २५ मंसिर । मुख्यमन्त्री लालबाबु राउतले मुलुकमा व्याप्त विभेदकै कारण मानव विकास सुचकांकमा पछाडी रहेको बताएका छन् । युएनडिपीले मंगलबार जनकपुरमा आयोजना गरेको मानव विकास प्रतिवेदनको सार्वजनिकीकरण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दैंै मुख्यमन्त्री राउतले मुलुकमा व्याप्त राजनीतिक, समाजिक, आर्थिक, क्षेत्रीय तथा जातीय विभेदको कारण विकास गर्न नसकेको उल्लेख गरे ।
मुलुक तथा समाजबाट विभेद अन्त्य गर्न नसकिए सम्म समृद्धिको बाटो अंगाल्न नसक्ने उल्लेख गर्दै उनले समग्र विभेद अन्तको लागी शिक्षामा जोड दिनुपर्ने पनि बताए । उनले भने, ‘हामी कहाँ धरै किसिमका विभेदहरु छन, लैगिंक विभेद, जातीय विभेद यसका उदाहरणहरु मात्र हुन, यसको अन्तको लागी शिक्षालाई प्राथमिकतामा राखेर अघि बढनु पर्दछ । विभेदमा परेका वर्ग समुदाय शिक्षित नभएसम्म यसको अन्त गर्न सकिदैन । विभेद अन्त नभएसम्म हामी विकसित हुन सक्दैनौ ।’
उनले प्रदेश २ को सरकारले यही विभेदलाई अन्त गर्न बेटी पढाउ बेटी बचाउ, दलित सशक्तिकरण जस्ता कार्यक्रमहरुलाई अघि बढाएको पनि उल्लेख गरे । युनडिपीले सार्वजनिक गरेको प्रविदेनमा नेपाल मानव विकास सुचकांकमा १४७ औ स्थानमा पर्छ । सार्क मुलुकमा पनि नेपाल अफगानिस्तान भन्दा मात्र अगाडी छ ।
तपाईको प्रतिक्रिया