नियन्त्रित लागूऔषध सहित पक्राउ

समाचार

3/4/2019

पर्सा, १७ फागुन । बीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट काठमाडौं महानगरपालिका–१० बस्ने रितिलबहादुर शाही सहित २ जनालाई नियन्त्रित लागूऔषध डाइजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल, नुर्फिन ५० एम्पुल र नाईट्रोभेट १५ ट्याब्लेट सहित बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित प्रहरी चौकी ईर्नवा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बीरगंजको संयुक्त प्रहरी टोलीले जाँच गर्दा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ