नयाँ उद्योगलाई आकर्षित गर्न प्रदेश सरकारको उपहारै उपहार

समाचार

3/18/2019

जनकपुरधाम, ४ चैत । प्रदेश नं. २ मा नयाँ उद्योगलाई आकर्षित गर्न प्रदेश सरकारले ठूलो उपहार दिने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार सम्पन्न बैठकले उद्योग नीतिलाई उद्योगी मैत्री बनाउन प्रदेश नं. २ मा नयाँ उद्योग स्थापना गर्नेलाई २० वर्षसम्म प्रदेश सरकारले कुनै कर नलिने निर्णय गरेको हो ।

त्यसै गरि प्रदेश सरकारले उद्योग स्थापनाको लागि निशुल्क लिजमा जग्गा उपलब्ध गराउनुका साथै उद्योगको सुरक्षाको पूर्ण ग्यारेन्टी दिन उद्योग सुरक्षा बल समेत गठन गर्ने निर्णय गरेको हो ।

त्यसै गरि हालको उद्योग दर्ता प्रक्रियालाई सजिलो बनाउदै ३ घण्टा भित्रै दर्ता गरिने प्रक्रिया समेत मिलाउने निर्णय गरेको हो । यसका अतिरिक्त सहुलियतदरमा विजुली उपलब्ध गराउन समेत पहल गर्ने निर्णय मन्त्री परिषदले गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ