काठमाडौं, ७ माघ । छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विगत वर्षदेखि नेपाल र भारतको सम्बन्धमा अभूतपूर्व प्रगति भएको बताएका छन् । विराटनगरको एकीकृत जाँच चौकी उद्घाटनका क्रममा भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्दै मोदीले यस्तो बताएका हुन् ।
दुई देशबीच सहयोग र विकासको साझेदारी तीव्र गतिले अगाडि बढिरहेको भन्दै मोदीले भने, ‘साथै, हामीले कयौं नयाँ क्षेत्रहरुमा हामीले सहयोग सुरु गरेका छौं ।’
उनले भने, ‘मेरो कामना छ कि नयाँ वर्षमा नेपालको सहयोग र समर्थनबाट हाम्रो सम्बन्धलाई अझ उचाइमा पु¥याउँछौं । नयाँ दशक भारत–नेपाल सम्बन्धको स्वर्णिम दशक हुनेछ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य र सफलताका लागि समकक्षी मोदीले शुभकामनासमेत दिएका छन् । प्रधानमन्त्री ओलीले मोदीलाई दिएको निमन्त्रणालाई गौरवपूर्ण रहेको बताए ।
नेपालको चौतर्फी विकासमा नेपालको आवश्यकताअनुसार एउटा विश्वसनीय मित्रको भूमिका निर्वाह गर्दै आएको मोदीले धारणा राखे । उनले भारतले एउटा असल छिमेक नीतिलाई अलवम्बन गर्दै आएको बताए ।
असल छिमेक नीतिअन्तर्गत क्रसबोर्डर कनेक्टिविभी बनाउनु प्रमुख ध्येय रहेको उनले बताएका छन् । ‘राम्रो कनेक्टिविटीको महत्व अझ बढ्छ जब कुरा नेपाल र भारतको आउँछ ।’
‘हाम्रो सम्बन्ध मात्र कनेक्टिविटीमा मात्र सीमित छैन । इतिहास र भूगोलले हामीलाई प्रकृति, भाषा, संस्कृति, प्रगति लगायत अन्य कैयौं धागोबाट जोडिएका छौं ।’ मोदीले भने ।
तपाईको प्रतिक्रिया