राकेश यादव, रौतहट, १९ वैशाख । सत्तारूढ दलका स्थानीय नेताको विरोधका वावजूद पनि रौतहट जिल्लाको गौर नगरपालिकामा शहरी विकास मन्त्रालयअन्तर्गत सघन शहरी कार्यक्रमको विकास निर्माणका कार्य तीव्र रुपमा सञ्चालन रहेको छ ।
नेपाल सरकारको शहरी मन्त्रालयबाट सडक नाला निर्माणको कार्य हुन लाग्दा नेकपाबाट स्थानीय निर्वाचनमा नगरपालिकाको मेयर प्रत्यासी शम्भू साहले योजना कार्यान्वयनको जिम्मा पाएका निर्माण कम्पनीको विरुद्धमा भ्रामक प्रचार प्रसार गरेर निर्माण कार्य अवरुद्ध गर्न खोज्दा पनि निर्माण कार्य रुक्न सकेको छैन ।
सरकारले स्वीकृत गरेका लागत स्टीमेट अनुसार कार्य गरिरहेको अवस्थामा प्रतिपक्षी दलका स्थानीय नेताहरुले विकास निर्माणको कार्य अवरुद्ध गर्ने षड्यन्त्र गरेपनि गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ताको सक्रियतामा सड़क तथा नाला निर्माणका कार्य तीव्र रुपमा अघि बढ़ाइएको हो ।
योजना कार्यान्वयनको शिलशिलामा स्तरीयता सित कुनै समझौता नगर्ने मेयर गुप्ताले कड़ाईका साथमा निर्माण कार्यको अनुगमन गर्ने गरेका हुन् ।
तपाईको प्रतिक्रिया