निर्वाण चौधरीलाई वाईपीओ अवार्ड

समाचार

2/8/2019

काठमाडौं, २४ माघ । चौधरी गु्रपका प्रवन्ध निर्देशक निर्वाण चौधरीलाई सामाजिक कार्यमा उत्कृष्ट योगदानका लागि यङ्ग प्रेजिडेंट्स अर्गनाइजेशन (वाई.पी.ओ.) ले सोसियल इन्टरप्राइज नेटवर्क सस्टेनेबिलिटी (सेन) अवार्डद्वारा सम्मानित गरेको छ ।

चौधरी फाउण्डेसनमार्फत् नेपालको सामाजिक क्षेत्रमा पु¥याएको योगदानका कारण उनी यस अवार्डका लागि छनौट भएका वाईपीओले जनाएको छ ।

शिक्षा, स्वास्थ्य, रोजगार, गरीबी निवारण, समानता, वातावरण संरक्षण लगायतका क्षेत्रमा प्रभावकारी कामको नेतृत्व गर्ने सदस्यहरू उक्त अवार्डबाट सम्मानित हुँदै आएका छन् ।

२०१८ मा सेन दिगो अवार्ड प्राप्त गर्ने अन्य व्यक्तित्वमा फेटजर भिनायार्डका सिईओ, गियानकार्लाे बियानचेटी (व्यवसाय तर्फ), द वुमानिटी फाउण्डेसनका प्रेसिडेण्ट यान बोर्गस्टेट (समानता तर्फ), द लाईटहाउस व्रिस्टोका प्रेसिडेण्ट एलिजावेथ किन्नी (प्रभाव तर्फ) तथा सोना युक्तिका सिईओ चोको भालिआपा (शिक्षा तर्फ) रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ