नर्सले मनाए नर्सिङ दिवस

समाचार

1/30/2019

जनकपुरधाम, १६ माघ । जनकपुरका नर्सले कार्यक्षेत्र सुरक्षित बनाउन सरकार समक्ष माग गरेका छन् । नर्सिङ्ग दिवसका अवसरमा नर्सले कार्यस्थल असुरक्षित भएकोले काम गर्न असहज भएको भन्दै सुरक्षित कार्यक्षेत्रको माग गरेका हुन् ।

स्वास्थ्य संस्थामा कार्यरत्त नर्स तथा नर्सिङ्ग पढिरहेका विद्यार्थीले सुरक्षित कार्य क्षेत्र भए मात्र नर्सिङ्ग सेवा गुणस्तरीय बन्ने बताए ।

संघीय सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुरेन्द्र यादवले भरपर्दो स्वास्थ्य सेवाका लागि गुणस्तरीय स्वास्थ्य शिक्षा प्रमुख चुनौति रहेको बताए ।

प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले नर्स स्वास्थ्य सेवाको प्राण रहेको बताए । प्रदेशभरिका सबै विद्यालयमा एक–एकवटा नर्स तुरुन्त व्यवस्थाप गर्न लागिएको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ