रुपन्देही, २६ माघ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) रुपन्देहीको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिकाको वाउन्नकोटी सामुदायिक वनको सभाहलमा सम्पन्न अधिवेशनले डोलराज गैेह्रेको अध्यक्षसहित जिल्ला कार्य समिति चयन गरिएको छ ।
जसको उपाध्यक्षयमा वालकृष्ण घिमिरे, सचिवमा प्रदिप घिमिरे, सहसचिवमा सरोज पन्त, कोषाध्यक्षमा महेन्द्र गौतम र सदस्यहरुमा भिमा अर्याल, भुवन ज्ञवाली, टेकनाथ चौधरी, पिताम्मर अर्याल, सुर्य प्रसाद घिमिरे र सुर्य प्रसाद कुमाल निर्वाचित भएको निर्वाचन समितिका सदस्य युवराज घिमिरेले जानकारी दिएका छन् । त्यस्तै आसन्न केन्द्रीय महाधिवेशनका लागि पनि सर्वसम्मत रुपमा केन्द्रिय प्रतिनिधी पनि चयन गरिएको घिमिरेले बताए ।
कार्यक्रममा नेपाली कागे्रस रुपन्देहीका कोषाध्यक्ष दिपक क्षेत्री न्यौपानेले किसानको घर घरमा गएर सेवा दिने प्राविधिकलाई वर्तमान सरकारले उचित व्यवस्थापन गर्न नसकेको तथा भेदभाव पुर्ण व्यवाहार गरेको प्रति आपत्ती जनाए ।
कृषि संग सिधै जोडिएर काम गर्ने नेल्टाका सदस्यहरुको सेवा वृति तथा काममा अवरोध गरेमा कागे्रसले त्यस्ता तत्वहरु प्रति आन्दोलन गर्ने चेतावनी दिए ।
त्यस्तै कार्यक्रममा वोल्दै नेल्टाका केन्द्रिय अध्यक्ष जनक बहादुर रावलले देशभरि छरिएर रहेका पशु स्वास्थ्य प्राविधिकहरुको हक हितको लागी संगठन सधै लाग्ने र प्राविधिकहरुको हकहित र संरक्षणको लागी संगठन लाग्ने बताए ।
तयस्तै महासचिव सुरेश श्रेष्ठले लोकतन्त्रमा सवैका माग राख्ने अधिकार रहेको वेला लोकतन्त्र वादी प्राविधिकहरुलाई सक्ता पक्षले दास्रो आखाले हेरेको बताए ।
कार्यक्रममा नेल्टाका उपाध्यक्ष छविलला भट्राई, निजामति कर्मचारी संघका मोहन नेपाल, गोविन्द प्रसाद वस्याल, धनेश्वर खनाल, ऐश्वय आर्चाय,लक्ष्मण घिमिरे लगायतले कृषि र पशुपालनमा नेल्टाको योगदान र नव निर्वाचित कार्य समितिलाई वधाई तथा शुभकानना व्यात्त गरे ।
नव निर्वाचित अध्यक्ष डोलराज गैह्रेले संगठलाई साझा संगठनको रुपमा लाने र ग्रामिण क्षेत्रमा रहेका पशुपालक किसानहरुको समस्या समाधान गरी उन्नत पशुपालन तर्फ सहयोग गर्न आफु र कार्य समिति लाग्ने प्रतिवद्धता जनाए । कार्यक्रम जिल्ला अध्यक्ष खेम प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया