नीललाई एसिया प्राइड एवार्ड

समाचार

12/24/2018

काठमाडौं, ९ पुस । नेपाल तथा भारतका लोकप्रिय हेयर स्टाइलिस्ट नीलडेविड कटवाललाई अन्तर्र्राष्ट्रिय एवार्डद्वारा सम्मान गरिएको छ ।

भारतमा हालै आयोजिक एक विशेष समारोहमा डेविडलाई ‘एसिया प्राइड एवार्ड’ द्वारा सम्मान गरिएको हो । एन्टी करप्सन फाउन्डेसन इन्डियाले उनलाई उक्त विशेष अवार्डद्वारा सम्मान गरेको हो ।

एसिया स्तरमा भव्य रुपले आयोजना गरिएको उक्त सम्मान कार्यक्रम भारतको हरियाणास्थित करनाल भिभान रिसोर्ट्समा सम्पन्न भएको हो ।

उक्त अवसरमा नेपालसहित अन्य देशहरुका व्यक्तिहरु आफ्ना उत्कृष्ट कार्यका लागि एसिया प्राइड अवार्डले सम्मानित भएका हुन ।

नेपाली हेयर एक्सपर्ट कटवाल यतिबेला नेपालमा मात्र नभई भारतमा समेत सक्रिय छन् ।

उनले नयाँ दिल्लीको जिके टु एम ब्लकमा आफो सलुन स्थापना गर्दै भारतको राजधानीमा आफो पहिचान स्थापित गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ