नुवाकोटका २१ जनप्रतिनिधिहरु भारत भ्रमणमा

समाचार

2/13/2020

काठमाडौं, १ फागुन । नुवाकोट जिल्लाका २१ स्थानीय जनप्रतिनिधिहरु भारत भ्रमणमा गएका छन् । विपद् व्यवस्थापन, पुनस्र्थापना तथा भूकम्प प्रतिरोधसम्बन्धी समुदायमा जनचेतना बढाउँदै भुकम्प उत्थानशील पुनर्निर्माण सुनिश्चित गर्नका लागि उनीहरु भारत भ्रमणमा गएका हुन ।

ुूकम्पपछि पुनर्निर्माणका बारेमा भारतीय मोडल अध्ययन अवलोकन गर्न जनप्रतिनिधिहरु भारत भ्रमणमा रहने भारतीय दुतावासले जनाएको छ । भारत सरकारको सहयोगमा नुवाकोट जिल्लामा २३ हजार ८८ घरको पुनर्निर्माण भइरहेको छ ।

दूतावासका अनुसार प्रतिनिधिहरुका लागि परियोजना सेवाहरूको लागि संयुक्त राष्ट्रसंघ कार्यालयले परिचयात्मक भ्रमणको आयोजना गरेको हो । दुई नगरपालिकाका मेयर÷उपमेयर, आठ गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष, नुवाकोट जिल्ला समन्वय समितिका प्रमुख तथा नेपाल पत्रकार महासंघका एक अधिकारी उक्त भ्रमणमा सहभागी छन् ।

भारत भ्रमणका क्रममा प्रतिनिधिहरुले रुड्कीस्थित केन्द्रीय भवन तथा अनुसन्धान संस्थानको पनि अवलोकन गर्नुको साथै दिगो शहरी विकास तथा जीविका समायोजनका लागि सहभागितामूलक प्रक्रिया बुझ्न यी प्रतिनिधिहरुले क्वोर नामक संस्थाको पनि भ्रमण गर्ने छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ