नवलपरासीका सीमा क्षेत्रमा ३ पोस्ट थपिँदै

समाचार

2/1/2020

परासी, १८ माघ । पश्चिम नवलपरासीका तीन स्थानमा सशस्त्र प्रहरी बलका सुरक्षा पोस्ट (बीओपी) स्थापना हुने भएका छन् । पश्चिम नवलपरासी भारतको बिहार र उत्तरप्रदेशसँग सीमा जोडिएको छ ।

सीमा क्षेत्रको दूरी पाल्हीनन्दन गाउँपालिका ५ को चिमनटोलादेखि सुस्ता गाउँपालिका ५ को सकरदिनसम्म २८ किमिको छ । सीमा क्षेत्रको दुरीअनुसार बीओपीको संख्या कम भएकाले तीन स्थानमा थप गर्न लागिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिए ।

हाल सशस्त्रको गुठिप्रसौनी, हरपुर र सुस्तामा गरी तीन स्थानमा बीओपी छन् । सीमा क्षेत्रमा भारतीय एसएसबीले ३ कि.मि.को दूरीमा पोस्ट राखेको छ ।

नेपालतर्फ रहेका ३ वटा पोस्टमध्ये एउटा पोष्टले करिब १० कि.मि. हेर्नुपर्ने भएकाले बीओपीको संख्या थप गर्न लागिएको हो । सीमामा रहेका बीओपीले सीमा निगरानीसँगै सीमास्तम्भ सुरक्षा र भारतीय एसएसबीको समन्वयमा अपराधिक गतिविधि नियन्त्रणलगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ