नवलपरासीमा सुकुम्बासीको नाममा हुकुम्बासीले जग्गाधनी पुर्जा पाए

समाचार

1/13/2019

नवलपरासी पश्चिम, २९ पुस । अवैध दर्ता पूर्जा बदर सुकुम्वासी संघर्ष समिति नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) ले सुकुम्बासीको नाममा हुकुम्बासीले जग्गा धनी पुर्जा लिएको भन्दै सो तत्काल बदर गर्न माग गरेको छ ।

२०६७ सालमा तत्कालीन मनशोभा पाण्डेको आयोगको पालामा नवलपरासी सुकुम्वासी समस्या समाधान आयोगको नाममा बितरण गरिएको जग्गामध्ये अधिकाँश जग्गा वास्तबीक सुकुम्बासी नभई कागजमा मात्र सुकुम्बासी देखाईएको सोबारे तत्काल बदर गर्न माग गरिएको हो ।

सो आयोगको पालामा बितरण गरिएको जग्गाधनी पुर्जा मध्ये केही जग्गा धनी पुर्जा सम्बन्धी कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्जा वितरणका सबै फाइल नियन्त्रण लिई रोक्का भएको अवस्थालाई मध्यनजर गर्दै सो बारे ब्यापक छान बिन गर्न माग गरिएको छ ।

समितीका संयोजक डोवल गुरुङ्गका अनुसार बिशेष गरी सो अवधिमा साविक सुनवल नगरपालिका क्षेत्रमा अबैध रुपमा नक्कली कागजातका आधारमा दर्जनौ ब्यक्तीहरुले सार्वजनिक जग्गा आफ्नो ब्यक्तीगत नाममा दर्ता गराउन सफल भएका छन् ।

सो मनशोभा पाण्डे आयोगको पालमा जग्गा धनी पुर्जा बितरण भएका जग्गामध्ये अधिकाशंको जग्गा धनी पुर्जा पुनरावलोकन गरी वास्तबीक सुकुम्बासी नभए सो दर्ता खारेज गनुपर्ने गुरुङ्गले माग गर्नु भएको छ ।

यसैगरी गुरुङ्ग स्वम आफु समेत स्थानिय तह सहित सबै सरोकारवाला सरकारी निकायबाट समेत न्यायमा परेको दाबी गरेका छन् ।

२०६९ सालमा साविक सुनवल ५ र हालसको सुनवल १० निवासी हर्क बहादुर कुँवर सँग खरिद गरेको ५ कठ्ठा जमिन आफुले जोतभोग गर्न नपाएको भन्दै सबै सरकारी निकायमा न्यायनका लागी ढोका ढक्ढकाउदै हिडिरहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ