वीरगन्ज, १० चैत । प्रदेश नं.२ मा रहेका एक मात्र नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा बिरामीहरुका चाँप बढेको छ ।
दिन प्रतिदिन मौसम परिवर्तनको कारणले गर्दा तराईमा गर्मी बढेकोले झाडा–पखाला लागेका बिरामीहरु बढी मात्रामा अस्पतालमा भर्ना भएका छन् ।
वीरगंजमा रहेका सरकारी अस्पताल नारायणी उप–क्षेत्रीय अस्पतालमा सुविधा अनुकुल मध्यमवर्गका बिरामीहरु त्यहाँ जाने गरेका छन् ।
तर, अन्यभन्दा पनि बढी खर्च लाग्ने र समयमा नारायणीा अस्पतालको हाताभित्र रहेका औषधि पसलहरुमा चाहेको औषधिहरु नपाउँदा बिरामीहरु अन्यत्र अस्पतालहरुमा जाने गरेका छन् ।
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा सरकारी अस्पतालभन्दा पनि कम दरमा उपचार, चेक–जाँचहरु गर्ने गरेका छन् ।
तर, नेपाल सरकारले त्यस्ता मेडिकल कलेजहरुलाई गर्नु्पर्ने सहयोग नगरी अनावश्यक कठिनाईमा बारम्बार पार्ने गरेको नेशनल मेडिकल कलेजका निर्देशक डा.प्रमोद सरार्पmले बताए ।
तराईमा मौसम परिवर्तन भएको महिनोभन्दा बढीको क्रममा विभिन्न रोग लागेका हजारौ बिरामीहरु लाम बद्ध भई उपचार गराउने गरेका छन् ।
सेवाग्राहीहरुसँग नेशनल मेडिकल कलेजले दिएको सेवाहरुको बारेमा सोध्दा धेरै सन्तुष्टिपूर्वक निजगढ निवासी पार्वती ल्युटेलले बताएकी छिन् ।
सरकारले अन्य अस्पतालको तुलनामा नेशनल मेडिकल कलेजलाई देवरे आँखाले देखेको भन्दै नेशनल मेडिकल कलेजका निर्देशक डा.प्रमोद सरार्पmले गुनासो व्यक्तव्य गरेका छन् ।
तपाईको प्रतिक्रिया