निःशुल्क आँखा शिविरबाट ३२५ जना लाभान्वित

समाचार

2/24/2019

कपिलवस्तु, ११ फागुन । कपिलवस्तुको मायादेवी गाउँपालिकाको पिपरामा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरबाट ३२५ जना लाभान्वित भएका छन् ।

मायादेवी गाउँपालिका वडा नं. ४ पिपराको सहयोगमा पिपरा स्वास्थ्य चौकीको समन्वयमा सम्पन्न कार्याक्रममा नेपाल नेत्र ज्योति संघ तौलिहवाको प्रविधिक सहयोगमा सम्पन्न भएको छ ।

आयोजित शिविरमा ३२५ जनाले आँखाको परीक्षण गराएकोमा ५५ जनामा मोतियाबिन्दुको समस्या पाइएको पिपरा स्वास्थ्य चौकी इन्चार्ज मनोहर साहले बताएका छन् ।

पहिचान भएका मोतियाबिन्दुका बिरामीलाई आँखा अस्पताल तौलिहवामा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको नेपाल नेत्रज्योति संघ तौलिहवाका प्रशासन प्रमुख प्रशान्त कार्कीले जानकारी दिए । शिविरमा निःशुल्क आँखा परीक्षणका साथै परामर्श र औषधि वितरणको सुविधा दिइएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ