नेहाल खान, २६ माघ, वीरगन्ज । यु. डी. बाइ–सेफ कम्प्युटर र नेसेन्ट एजुकेशनको संयुक्त आयोजनामा अनुभूति एजुकेशन र ट्रिटन कलेजको सहयोगमा एस ई. ई. दिने तयारीमा रहेका विद्यार्थीहरुलाई परीक्षा सम्बन्धी जानकारी गराईएको छ ।
निःशुल्क एस ई. ई. सेमिनार कार्यक्रममा निजी तथा सरकारी छात्र छात्राहरुका लागि परीक्षा आउन लाग्दा कुन कुन बिषय कसरी पढ्ने, लेख्ने, समय सदुपयोग, जटिल प्रश्नहरुको अन्तरक्रिया, सवाल–जवाफ, पाठ्यक्रमका बिषय वस्तु, तयारी तथा मोडल प्रश्नहरुको बारेमा जानकारी गराइएको थियो ।
यस सेमिनारमा विज्ञान बिषयका लेखक बि. के. झा, गणित बिषयका लेखक हरेराम ठाकुर, टि.आर पाण्डे, सामाजिक तथा नेपाली बिषयका लेखक प्रशिक्षक नारायण प्रसाद खतिवडा, एकाउन्ट बिषयको लागी रन्जीब आनन्द कैरियर तथा व्यक्तित्व विकास सम्बन्धी मोटीभेसन्ल स्पिकरको रुपमा सिबान्ग दत्त र त्रितु न्योपाने लगायतका प्रशिक्षक लेखकले तालिम दिएका थिए ।
कार्यक्रम अनुभुति एजुकेशन भवनको कक्षा कोठाहरुमा भएको यु.डी. बाइ–सेफ कम्प्युटरका वंशिधर गुप्ताले जानकारी दिए ।
तपाईको प्रतिक्रिया