निःशुल्क बीमा कार्यक्रम संचालन हुने

समाचार

2/1/2019

विराटनगर, १७ माघ । मोरङमा आगामी फागुनदेखि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको छ । नेपाल सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्यसेवा निःशुुल्क पुु¥याउने उद्देश्यले स्वास्थ्य बिमा कार्यक्रम फागुुनदेखि सुरु हुुने भएको हो ।

बिमा तयारीको बारेमा विराटनगर महानगरपालिकामा आयोजित अभिमुुखीकरण कार्यक्रममा स्वास्थ्य बिमा सञ्चालन बारे जानकारी गराइएको थियो । त्यसका लागि विराटनगर महानगरपालिकासहित १७ वटै स्थानीय तहमा तयारी सुुरु गरिएको छ । बिमा गर्दा ५ जनाको परिवारले वार्षिक २ दुई ५ सय र त्योभन्दा बढी परिवार संख्या भएमा त्यसमा ४ सय ५ रुपैयाँ थप गर्नुुपर्ने हुन्छ ।

१७ वटै स्थानीय तहका प्रत्येक वडामा खटिएका एक–एकजना बिमा दर्ता सदस्यहरुले सहभागी सदस्यहरुको नाम दर्ता गर्नेछन् । विराटनगर महानगरपालिकाका प्रमुुख भीम पराजुुलीले बिमा कार्यक्रम अत्यन्त प्रभावकारी भएकाले स्थानीयस्तरसम्मै प्रचारप्रसार आवश्यक रहेको बतए ।

उनले कार्यक्रमलाई प्रभावकारी बनाउन महानगरपालिकाको सक्दो सहयोग रहनेसमेत उल्लेख गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ