निषेधाज्ञा हटाइयो

समाचार

10/23/2018

कपिलवस्तु, ६ कार्तिक । कृष्णनगरमा लगाइएको निषेधाज्ञा पूर्ण रुपमा हटाइएको छ ।

स्थानीयवासी युवाबीच विवाद बढेपछि जिल्ला प्रशासन कार्यालयले आइतबार साँझ ५ बजेदेखि पटक पटक लगाउँदै निषेधाज्ञा लगाउँदै आएको थियो ।

कृष्णनगर बजार क्षेत्रमा शुक्रबार दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा विवाद भएको थियो । आइतबार कडा सुरक्षाका बीच दुर्गा पूजाको मूर्ति विसर्जन गरिएको थियो ।

निषेधाज्ञा हटेपछि भारतीय सीमावर्ती कृष्णनगरको जनजीवन सामान्य बन्दै गएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ