काठमाडौं, ३ फागुन । नेपाल–भारत दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको प्रारम्भिक रेखांकनका लागि भारतीय टोलीले फिल्ड अध्ययन थालेको छ ।
भारतीय आयल निगम (आईओसी) का अधिकारीहरुले सिलिगुढी–झापा पेट्रोलियम पाइपलाइनको दूरी छोट्याउने गरी स्थलगत रेखाकंन थालेको हो । नेपाल र भारततर्फको फिल्ड हेर्नेगरी आईओसीका अधिकारीले प्रारम्भिक रेखाकंनको काम थालेका नेपाल आयल निगमका चारआली कार्यालय प्रमुख बिपिन श्रेष्ठले बताए ।
माघ २९ गते झापा पुगेको भारतीय टोलीले नेपालतर्फको प्रारम्भिक रेखांकन सकेर सिलुगुडी र पानी ट्याकींतर्फ अध्ययन गरिरहेको छ । आईओसीको डिपो अझै नेपालतर्फ सर्ने र अरु छोटो बाटोको बारेमा पनि अध्ययन भएकाले ३० देखि बढीमा ३५ किलोमिटर मै पाईपलान योजना पुरा हुने उनले बताए ।
गत पुस २७ र २८ गते भारतको नयाँदिल्लीमा सम्पन्न नेपाल–भारत पेट्रोलियम तथा ग्यास जोइन्ट वर्किङ ग्रुपको पहिलो बैठकमा नेपालले सिलिगुढी–झापा दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको सम्भावता अध्ययन गरिदिन भारतलाई प्रस्ताव गरेको थियो ।
तपाईको प्रतिक्रिया