काठमाडौं, ६ माघ । नेपालको अमलेखगन्जसम्म आएको पेट्रोलियम पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्न नेपाल र भारतका अधिकारीहरु सहमत भएका छन् ।
पुस अन्तिम साता नयाँदिल्लीमा बसेको नेपाल–भारत पेट्रोलियम तथा प्राकृतिक ग्याससम्बन्धी सहसचिवस्तरीय संयन्त्रको पहिलो बैठकमा दुवै देशका सहसचिवहरुले यस्तो निर्णय गरेका हुन ।
त्यसैगरी, भारतको सिलगुडीस्थित आइओसीको डिपोबाट झापाको चारआलीमा रहेको निगमको डिपोसम्म अर्को पाइपलाइन विस्तार गर्ने पनि निर्णय भएको छ ।
सिलगुडी–चारआली पाइपलाइनको लम्बाइ ३१ किलोमिटरको हुनेछ । लागत करिब १ अर्ब रुपैयाँ हुनेछ ।
यस्तै अमलेखगन्जमा ४१ लाख लिटर क्षमताका दुईवटा पेट्रोल ट्यांकसमेत निर्माण गर्ने विषयमा सहमति जुटेको छ ।
तपाईको प्रतिक्रिया