पिकअपको ठक्करबाट एक जनाको मृत्यु

समाचार

5/5/2019

दाङ, २२ बैशाख । राप्ती गाउँपालिका १ पाखापानीस्थित पूर्वपश्चिम राजमार्गमा ग.२ च ६११ नम्बरको पिकअपको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

आइतबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका साइकलयात्री सोही गाउँपालिका ५ मौरीघाट बस्ने ३२ वर्षीय गणेश घर्तीमगरको क्रिमशन अस्पताल मणिग्राम वुटवल रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको छ ।

गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ