कैलाली, १७ बैशाख । कैलालीमा एक पिकअप जीपले मोटरसाइकल र साइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
गोदावरी नगरपालिका–७ स्थित हरैया चोकमा से.१ च १६९० नम्बरको पिकअप जिपले से.६ प ८०५२ नम्बरको मोटरसाइकललाई र साइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका साइकल चालक सोही नगरपालिका–६ लालपुर बस्ने २० वर्षीय दिपेन्द्र चोखालको उपचारको लागि धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनाका घाइते भएका अन्य ३ जनाको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया