पिकअप गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

समाचार

1/29/2020

धनुषा, १५ माघ । गणेशमान चारनाथ नगरपालिका–६ स्थित सडकमा स.१ च.१८५८ नम्बरको पिकअप गाडीले बुधबार बिहान बा.६४ प ३०४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा मोटरसाइकल चालक धनुषा गणेशमान चारनाथ नगरपालिका–४ बस्ने ५० वर्षीय जोगेन्द्र साह र उनको ४० वर्षीया श्रीमती प्रमिला साह रहेका छन् ।

दुर्घटनामा घाइते भएका उनको १० वर्षीय छोरा जोन कुमार साहलाई उपचारको लागि समर अस्पताल गोदारमा पठाइएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ