पक्राउ परेका चिनियाँहरु चीन पठाइयो

समाचार

1/8/2020

काठमाडौं, २३ पुस । विभिन्न अपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकलाई चीन पठाइएको छ ।

चीन सरकारले ल्याएको चाइना इस्टर्नको जहाजमा राखेर उनीहरुलाई चीन लगिएको हो ।

नेपालको मनमैजु, बुढानीलकण्ठ लगायतका क्षेत्रमा बस्दै आएका उनीहरुलाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहारको मुद्दा चलाएको थियो ।

त्यसमा एक हजार रुपैयाँ धरौटी तिरेर छुटेका उनीहरुलाई अध्यागमन कार्यालयले पक्राउ गरेको थियो । ती सबै १ सय २२ जनालाई आफ्नो देश लैजान चीनले नै दुईवटा विमान पठाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ