पकाहामैनपुरमा प्रिमियर क्रिकेट लिग सुरु

समाचार

4/23/2019

वीरगन्ज, ९ बैशाख । पर्साको पकाहामैनपुर गाउँपालिकाको वडा नम्बर ४ लहावरथकरीमा प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

क्रिकेट प्रतियोगितामा नेपाल र भारतका १६ वटा टिम सहभागी रहेको आयोजकले जनाएको छ ।

सो क्रिकेट प्रतियोगिताको पूर्वसांसद एवं नेकपाका नेता राजकुमार गुप्ताले उद्घाटन गरेका छन् ।

मदन पासवानको अध्यक्षतामा भएको उद्घाटन समारोहमा नेकपाका प्रदेश नम्बर २ का सदस्य प्रभु पटेल, हमिद मियाँ, पन्नालाल यादव, सोनालाल चौरसिया, पक्रकार छठु साह लगायतले मन्तब्य राखेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ