धनुषा, ७ चैत । लक्ष्मिनिया गाउँपालिका–२ सिनुरजोडास्थित मामाघरमा बिगत ४÷५ दिन अगाडि आएकी सिराहा कल्याणपुर बस्ने नथुनी सहनीकी ४ वर्षीया छोरी नन्दनी कुमारी सहनीको मामाघर नजिक रहेको पोखरीमा डुबेर मंगलबार बिहान मृत्यु भएको छ । खेल्ने क्रममा डुबेर अशक्त भएकी उनलाई उपचारको लागि जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया