पचास हजारको पटाका बरामद

समाचार

11/4/2018

कपिलवस्तु, १७ कार्तिक । कृष्णनगर नगरपालिका–२ स्थित चेकप्वाईन्टमा कृष्णनगरबाट चन्द्रौटातर्फ जाँदै गरेको बा.४ ख ९७६९ नम्बरको बसबाट करिब ५० हजार रुपैयाँ मूल्य बराबरका विभिन्न प्रकारका पटाका शुक्रबार दिउसो प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय कृषणनगरबाट खटिएको प्रहरीले उक्त बस जाँच गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा पटाका फेला पारी बरामद गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ