रुपन्देही, ९ पुस । अख्यितार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको टोलीले यहाँ घुससहित वडा सचिवलाई पक्राउ गरेको छ ।
बुटवल उपमहानगरपालिका– १३ का वडा सचिव भरतकुमार काउचालाई रु पाँच हजारसहित आयोगको अनुसन्धान टोलीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका काउचालाई भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारवाही प्रक्रिया अघि बढाइने जनाइएको छ ।
बसाइँसराइको कागजात मिलाउने विषयमा सेवाग्राहीसँग उनले घुस लिएका थिए ।
तपाईको प्रतिक्रिया