पञ्चवर्षीय आवधिक योजना तर्जुमा गोष्ठी

समाचार

12/9/2018

बाँके, २३ मंसिर । प्रदेश नं ५ ले १२ वटै जिल्लाका आवधिक पञ्चवर्षीय आवधिक योजना निमार्णमा गर्न लागेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार गुलरीयामा आयोजना गरेकोे योजना तर्जुमा गोष्ठीमा सङ्घीय मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले सो जानकारी दिँदै कर्णाली नदी र बबई नदीको पानी व्यस्थापन गरी बर्दियालाई हरियाली जिल्ला बनाउने र त्यहाँका आठै स्थानीय तहको मोटरबाटोलाई सुविधासम्पन्न बनाइने बताए ।

उनले अहिलेसम्म १५ वटा ऐन निर्माण भइसकेको र बाँकी ऐन आगामी प्रदेशसभाको बैठकले प्रक्रियामा अगाडि बढाउने जानकारी दिऐ ।

बर्दिया नेपालकै अन्नको भण्डार भएकाले सबै जिल्लामा खाद्यान्न पु¥याउने लक्ष्य सहित त्यहा कृषिको विकास र औद्योगीकरणका लागि योजना निर्माण गर्न आठै स्थानीय तहका प्रमुखलाई मन्त्री केसीले आग्रह गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ