काठमाडौं, १ माघ । भारतले नेपालमा पेट्रोलियम तालिम केन्द्र स्थापना गर्ने भएको छ । भारतको नयाँदिल्लीमा हालै बसेको नेपाल–भारत पेट्रोलियम तथा ग्यास जोइन्ट वर्किङ ग्रुपको पहिलो बैठकमा नेपालमा पेट्रोलियम तालिम केन्द्र स्थापना गर्ने विषयमा पनि भारतीय पक्ष सकारात्मक देखिएको छ ।
यसका लागि नेपाल आयल निगमले उपयुक्त स्थान छनौट गरी भारतीय आयल निगमलाई त्यसको जानकारी दिनुपर्नेछ ।
यस्तै बैठकमा पेट्रोलियम पदार्थको नियमित आपूर्ति, नेपालमा पेट्रोलियम पूर्वाधारको विकास, मोतिहारी अमलेखगञ्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइन पूर्णक्षमतामा सञ्चालन तथा नेपालमा पेट्रोलियम पदार्थ भण्डारण केन्द्र निर्माणमा सहयोग आदानप्रदान गर्ने विषयमा समेत छलफल भएको छ ।
तपाईको प्रतिक्रिया