जनकपुरधाम, १४ माघ । असहाय, विपन्न तथा पीडितहरुका लागि क्लोथ बैंक धनुषा सहारा बन्दै गइरहेको छ ।
क्लोथ बैंक धनुषाले विपन्न तथा असहायहरुका लागि निःशुल्करुपमा कपडा उपलब्ध गराउँदै आएको छ ।
यसै क्रममा जनकपुरधाम उपमहानगरपालिका–१२ की रेखा मंडललाई एक थान कम्बल सहयोग गरेको छ । आगलागीका कारण रेखाको घरमा भएका लत्ताकपडा जलेको थियो । जाडोबाट जोगिन क्लोथ बैंकले कम्बल वितरण गरेको हो ।
यस्तै, जनकपुरधाम उपमहानगरपालिका–१६ की रिना यादवलाई एक थान कम्बल र तीन जना बच्चाका लागि कपडा प्रदान गरेको हो । रिनाको घरमा सम्पूर्ण सामानहरु चोरी भएको थियो ।
यसैगरी, लक्ष्मी कापरको श्रीमतीलाई पनि कम्बल १ थान क्लोथ बैंककी पदाधिकारी सोनी झाले सहयोग हस्तान्तरण गरेकी छन् ।
तपाईको प्रतिक्रिया