धनुषा, ३ चैत । रेश्मा परिवारको घर निर्माण अभियानमा दारी ग्याङ्गले राहत थपेको छ ।
बलात्कार पश्चात हत्या गरेर जलाइएकी धनुषाको मिथिला नगरपालिका वडा नम्वर–३ हरिहरपुर मगरटोलकी रेश्मा रसाईलीको परिवारको घर बनाउने अभियानमा दारी ग्याङ्गले सहयोग गरेका छन् ।
धनुषाको ढल्केवरस्थित दारी ग्याङ्गले रेश्मा घर निर्माण अभियान अन्र्तगत शनिवार पीडित परिवारलाई नगद र घर निर्माण सामग्री सहयोग गरेका हुन् ।
ग्याङ्गले घर निर्माणका लागि पीडित परिवारलाई १० हजार नगद र १९ बोरा सिमेन्ट हस्तान्तरण गरेका छन् ।
घर निर्माण अभियान अन्र्तगत ढल्केवर घर भई अमेरीकामा बस्दै आएका यत्न कडारी, ढल्केवरका स्थानिय विमल भट्टराई, जनक भट्टराई, जितेन्द्र चौधरी, जय अम्बे ट्रेडर्स एण्ड सप्लायर्स, आश्विन ट्रेडर्स, निरु कार्की, जितेन्द्र चौधरी, अमर दास, सरोज महतो, दिनेश कुमार साह, चन्दन साह लगायतका व्यक्ति तथा विभिन्न संघसंस्थाबाट संकलन गरेको उक्त सहयोग रकम र निर्माण सामग्री दारी ग्याङ्गले पीडित परिवारलाई हस्तान्तरण गरेका हुन् ।
तपाईको प्रतिक्रिया