काठमाडौं, २१ फागुन । जङ्गी अड्डामा फाल्गुन १५ गते उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको उपस्थितिमा शुरु भएको दुईदिने ‘पृतनापति समन्वयात्मक बैठक मंगलबार सम्पन्न भएको छ ।
समन्वयात्मक बैठकको क्रममा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समिक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्न सक्ने सुरक्षा चुनौतीहरु एवम् सुझावहरुको सम्बन्धमा प्रस्तुतिकरण गर्नुको साथै नेपाली सेनाका विविध कार्यहरुको प्रगती समिक्षा, मुल्याङ्कन र विश्लेषण समेत भएको थियो ।
सम्मेलन कै क्रममा, नागरिक सैनिक सम्बन्धलाई थप मजबुत बनाउदै लैजाने तथा अन्य सुरक्षा निकायहरुसंगको संबन्धलाई अझ प्रगाढ एवं विश्वसनीय बनाउने विषयमा समेत छलफल भएको थियो ।
तपाईको प्रतिक्रिया