जनकपुरधाम, ८ असार । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले पत्रकारहरुको आन्तरिक समस्यालाई समाधान गर्न महासँघले बिशेष उपाय अपनाउनुपर्ने बताएका छन् ।
दुधमती साप्ताहिक पत्रिकाको चौथो बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले पत्रकारहरुको बिभिन्न किसिमका आन्तरिक समस्यालाई समाधान गर्न महासँघले उचित सुझबुझका साथै पत्रकारहरुको गरिमा बचाई उनीहरुको मनोबल उच्च राख्ने काम गर्नुपर्ने बताए ।
कमी कमजोरी हरेक क्षेत्रमा हुने भएकोले पत्रकारहरुको छनौट तथा मुल्याँकन सही तरीकाले हुनुपर्ने धारणा समेत राखे ।
त्यस्तै सोही कार्यक्रममा प्रदेश नं. २ का बिपक्षी काँग्रेसका सँसदीय दलका नेता राम सरोज यादवले पत्रकारहरुलाई निश्पक्ष रुपमा कलम चलाउन आग्रह गरेका छन् ।
यस्तै, प्रदेश सभा सदस्य मञ्जु यादवले प्रदेश २ मा आफुलाई सुशासनको अनुभुति हुन नसकेको गुनासो पोखेकी थिईन् ।
तपाईको प्रतिक्रिया