कोलकत्ता, १७ माघ । साहित्यकार एवं पत्रकार हिमांशु चौधरीलाई मिथिलाको सांस्कृतिक, सामाजिक र साहित्यिक विकासमा पु¥याएको योगदानको कदरस्वरूप मैथिली प्रतिबद्धता सम्मान प्रदान गरिएको छ ।
मैथिली अनुरागी हरिशचन्द्र मिश्र ‘मिथिलेन्दु’को स्मृतिमा कामरेड भोगेन्द्र झा मैथिली प्रतिबद्धता सम्मान मिथिला विकास परिषद् कोलकाताद्वारा प्रदान गरिएको हो ।
परिषदद्वारा कोलकाताको तारा सुन्दरी पार्कमा बुधबार आयोजित मिथिला विभूति महोत्सवमा पूर्व विधायक दिनेश बजाजले साहित्यकार चौधरीलाई सो सम्मानबाट सम्मानित गर्नुभयो । साहित्यकार चौधरी राष्ट्रिय समाचार समिति प्रदेश नं २ जनकपुरधामको प्रमुख छन् ।
तपाईको प्रतिक्रिया